ताजा समाचार

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखको जिम्मा मिन विश्वकर्मालाई

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कायसमितिका सदस्य मिनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा २५(९) र धारा (३७)को (१) (ग) बमोजिम विश्वकर्मालाई सूचना सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेको हो।

देउवाले शुक्रबार विश्वकर्मालाई पार्टीको उक्त जिम्मेवारी दिएका पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org