ताजा समाचार

नियमावली पारित भएलगत्तै संसदीय सुनुवाइ समिति गठन, यी हुन् सदस्यहरू

काठमाडौं । प्रतिनिधिसभाले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली पारित गरेसँगै संसदीय सुनुवाइ समिति गठन भएको छ ।

आइतबार नै यसअघि बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकले आइतबार नै संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गरेको थियो ।

नियमावली पारित भएर सांसदहरूले नै प्राप्त नगर्दै समिति गठन गरिएको भन्दै नेमकीपा सांसद प्रेम सुवालले नियमापत्ति गरेका थिए । सभामुखले भने त्यसप्रति ध्यानाकर्षण भएको भन्दै प्रक्रिया अघि बढाएका थिए ।

यी हुन् समितिका सदस्यहरू
समितिमा नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (एमाले) का तर्फबाट पदम गिरी, महेश बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन् ।

नेकपा (माओवादी केन्द्र) का तर्फबाट जनार्दन शर्मा मात्र सदस्य छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल सदस्य बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट पशुपति शम्शेर जबरा सदस्य बनेका छन् ।

जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य बनेका छन् भने त्यो भन्दा साना पार्टीहरुको संसदीय सुनुवाइ समितिमा प्रतिनिधित्व गराइएको छैन ।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट तीन सदस्य रहने प्रावधान छ । राष्ट्रियसभाले वैशाख १३ गते नै नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा (एमाले)का देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्माको नाम सिफारिस गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org