ताजा समाचार

जेलबाट छुटेलगत्तै रेशम चौधरीले भने– टीकापुर घटना पुनः छानबिन हुनुपर्छ

काठमाडाैँ । रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

टीकापुर घटनामा जन्मकैदको सजाय तोकिएका रेशम चौधरीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएका थिए।
उनी अहिले बिहान कारागारबाट रिहा भएका हुन्।

उनलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरी पुगेकी थिइन्। रञ्जिता उनकी पत्नी पनि हुन्।

रिहा भएलगत्तै संक्षिप्त कुराकानी गर्दै रेशम चौधरीले टीकापुर घटनाको विस्तृत छानबिन हुनुपर्ने बताएका छन्।
नागरिक उन्मुक्ति पार्टीले रिहा भएका रेशम चौधरीलाई सिधै घर लैजाने जानकारी दिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org