ताजा समाचार

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडैलले बुधबार नागरिक विधेयक प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको बताए। उनले भने-‘राष्ट्रपतिज्यूले आज नागरिक विधेयक प्रमाणीकरण गर्नु भएको छ।’

यसअघि नेकपा एमाले नेतृ्त्वको सरकारका पालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org