ताजा समाचार

सुनकोसी नदीमा बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न गोताखोर परिचालन

काठमाडाैँ ।  सिन्धुलीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन  गरिएको छ।

सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।

स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए।

उद्धारको लागि सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल, नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ९ जना र काठमाडौं  सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल  नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सिन्धुलीको गोलञ्जोर  गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो।

गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले  जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org