घण्टीकी सांसद सोविताले गरिन बिहे
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छन् । दुई साताअघि विवाह गरेर सोविता श्रीमान गृहेन्द्र घिमिरेसँगै यतिखेर जापान घुममाममा रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका नाताले भानिज गृहेन्द्र चितवनका हुन् । उनकी जेठी श्रीमती र छोरी अमेरिकाको टेक्सासमा रहेको बुझिएको छ । कतिपयले व्यापार व्यवसायमा लागेका घिमिरेका छोरा भने नेपालमै रहेको बताएका छन् ।
सोवितासँग लामो समयदेखिको प्रेम सम्बन्धका कारण गृहेन्द्रको जेठी श्रीमतीसँगको घरबार बिग्रेको भन्नेहरु पनि भेटिएका छन् । सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक डा. प्रदीप भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आखिर रवि जस्तो,सोविता त्यस्तै । भेडा भेडासँगै,बाख्रा बाख्रासँगै भनेको यही हो ।’
ठेकेदार र व्यवसायीको रुपमा परिचित घिमिरे गृष्मा ब्रोडकास्टिङका अध्यक्ष पनि हुन् । विगतमा सोविता पनि सञ्चारकर्मी थिइन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आफ्नो नामको अगाडिको अक्षरबाट गृष्मा कम्पनी खोलेको अनुमान लगाइएको छ ।
काठमाडौं २ निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी गौतम पार्टी कामको सिलसिलामा जापान गएकी हुन् । विवाहपछि श्रीमान गृहेन्द्र पनि उनीसँगै उतै गएको बताइन्छ ।
सांसद सोविता कानुनको विद्यार्थीसमेत हुन् ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












