ताजा समाचार

विद्युतीय सवारीमा लगानी गर्न प्रभु बैंकलाई लक्जेम्बर्गबाट सवा ६६ करोड प्राप्त ऋण प्राप्त

काठमाडौं। प्रभु बैंकले युरोपको एक बैंकबाट ५० लाख डलर अर्थात ६६ करोड २७ लाख रुपैयाँ प्राप्त गरेको छ।

बैंकले ऋण सुबिधा बापत लक्जेम्बर्गको ‘एमएसएमई ईन्टरप्राईजेज बन्ड एस ए’ बाट सवा ६६ करोड रुपैयाँ प्राप्त गरेको हो।

विश्व वातावरण दिबसमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ऋण पाएको हो। चार बर्ष अबधिका लागि बैंकले ऋण प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।

जलबायु परिवर्तनले आक्रन्त बिश्व, यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत छ। बैंकलाई प्राप्त रकम सार्बजनिक यातायात र ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराईने उनले बताए।

बैंकले बैकल्पिक उर्जा तथा एमएसएमई ब्यबसाय  प्रबर्द्धनका  लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको छ। ‘निकट भबिस्यमै हाम्रा पहलले सार्थकता पाउने विश्वास छ,’ शेरचनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org