ताजा समाचार

सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार पनि एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि तेजाबी सुन एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १४ सय १५ रुपैयाँमा नै कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org