ताजा समाचार

इप्पानको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

काठमाडाैँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्की हाल उपाध्यक्ष छन् ।  त्यस्तै हाल उपाध्यक्ष रहेका मोहन डाँगीले बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् ।  हाल सचिव रहेका बलराम खतिवडाले महासचिवको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने छ ।

दुई दशकभन्दा बढी समयदेखि जलविद्युत विकासमा संलग्न हुँदै आएका व्यवसायी तथा पूर्व कराँते खेलाडी गणेश कार्कीले उक्त चुनावमा आफूलाई अध्यक्षको दाबेदारको रूपमा अगाडि सारेका छन् । शालिन स्वभाव र प्रायः मध्यमार्गी धारमा हिँडेर सबैलाई सन्तुलनमा राखेर काम गर्नुपर्छ भन्ने कार्की यसपटक अघिल्लो कार्यसमितिको जस्तै सहमतिको खोजीमा छन् ।

इप्पानले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि जेठ २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन  आग्रह गरेको छ। इप्पानका अनुसार हालसम्म करिब १६५ आयोजकहरुले नयाँ सदस्यता लिएका छन् भने करिव १५० पुराना सदस्यहरु नविकरण भएका छन् ।

आयोजकहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org