ताजा समाचार

अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ: ओली

काठमाडौं । नेकपा एमालेले करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिएको छ ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे समाचार आएपछि एमालेले सांसदमा प्रश्न उठाएको थियो । त्यसपछि मंगलबार नै स्पष्टीकरण दिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरबारे आधिकारिक व्यक्तिहरुले नै निर्णय गरेको र पूर्व नासू रामकृष्ण श्रेष्ठलाई तथ्यांक इन्ट्रीमा मात्र प्रयोग गरेको बताए ।

डा. महतको जवाफमा एमालेले चित्त बुझाएको छ । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीलाई शंकाको सुविधा दिने बताए । ‘ अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो’, उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’

उनले अगाडि भने, ‘उहाँले भनेको कुरा नै साँचो होस्, अखबरमा आएका साँचा नहुन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org