ताजा समाचार

अघिल्लो सरकारले ल्याएको बजेट फेलमात्र होइन, लड्डु ल्यायो : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अघिल्लो सरकारले ल्याएको बजेट फेल भएको दाबी गरेका छन्।

मंगलबार बजेटमाथिको  छलफलमा बोल्दै उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले लड्डु ल्याएको बताएका हुन।
उनले भनेः अघिल्लो सरकारले ल्याएको बजेट कागजमा पास भयो। व्यवहावर फेल भयो। फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु ।
हामीले गत वर्ष नै देख्यौं। तमासा भयो। तमासा भएपछि यसपटक बेठिक भएको रहेछ, बेठिक स्वीकारिन्छ।

आइन्दा यस्तो बेठिक गरिँदैन भनेर सरकारले भन्नसक्यो। सकेन,’ उनले भने, ‘ठीक गर्‍या छौं हामीले। कोही पनि गएको छैन।
भित्र बस्दै निस्केको हो। बसेकै छैन। बसेको भए पनि त्यहाँ सुतेको छैन। सुतेको भए पनि खाएको छैन। खाए पनि सबै गरे पनि बजेट हेर्या छैन। हेरेको भए पनि लेख्या छैन। यस्तो तर्क, बलजफ्ती गर्ने पनि हद हुन्छ नि?’

उनले सत्ता पक्षले बलजफ्ती पास गराएर बहुमतको दम्भ देखाएर पेलेको आरोप लगाए। ‘पोर त पास भो परिणाममा, बजेट पास भो कि फेल भो हजुर? सोध्न चाहन्छु बजेट पास भो कि फेल भो? मैले भनेको थिएँ। म आज सोध्दैछु सत्तापक्षलाई। कागजमा पास भयो। व्यवहावर फेल भयो। फेलमात्र होइन। लड्डु ल्यायो लड्डु। बिलो फोर्टी होइन, जिरो भनेको लड्डु,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org