ताजा समाचार

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौंः केपी ओली

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग आग्रह गरेका छन् ।

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलहरूले बजेटमा कमा र पूर्णबिराम पनि सच्याउन नचाहे परिणामले अहंकारलाई झारिदिने चेतावनी दिए ।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने र रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीरसमेत गरे । ‘बजेट सच्याएवापत् हामी सरकार असफल भयो भन्दैनौं । सरकारले बजेट फेर्‍यो भन्दैनौं । बजेट सच्याउनुस्,’ उनले भने, ‘तर, यहाँ सत्ता अहंकार हुन्छ । अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिँदैन । हामी जो बाहुबली छौं टेर्दैनौं भन्नुहुन्छ भने परिणामले अहंकारले सत्ताको भूत झारिदिनेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org