ताजा समाचार

सेयर बजारमा सीमित व्यक्तिले मात्र लाभ लिए, यसलाई बोर्डले राेक्नुपर्छ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले ५६ लाख लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिले लाभ लिने गरेको भन्दै यसलाई रोक्न बोर्डलाई अनुरोध गरेका छन् ।अहिले सेयर बजारका ५६ लाख लगानीकर्ताको नाम लिने र सीमित व्यक्तिले मात्रै लाभ लिने गरेको बताए । धिताेपत्र बाेर्डकाे ३१ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।

आम लगानीकर्ताको आय आर्जनको माध्यम भएको बताए । सेयर बजारमा जलविद्युत कम्पनी बढी भएको र उद्योगी व्यवसायी यो क्षेत्रमा आउने क्रम बढेको दाबी गरे । यो क्षेत्रमा आउने उद्योगी व्यवसायी बढ्दा पारदर्शिता बढेन अपेक्षा रहेको बताए ।

सीमित मान्छेले कमाउने, उनीहरूको लक्ष्य अनुसार नै बजार चल्दा समस्या बढेको बताए । ठुलाको भर पर्दा सानामा समस्या परेको बताए । साना लगानीकर्तालाई आयकरका जाेड्न खोजेको भन्दै गलत प्रचार गरिएको बताए । अहिले सामाजिक सञ्जालको जमानामा फेसबुकमा लेखेर अनावश्यक प्रचार गरेको दाबी गरे । सेयर बजारमा केही फाइदा लिन चाहनेहरूले कहाँ भन्दा के असर पर्छ भनेर प्रचार गर्दा गलत कुराको प्रचार भएको दाबी गरे । यो बजारमा सिमित मान्छे हाबी हुन खोजेको दाबी गरे ।

बजारलाई प्रतिस्पर्धामा लैजान आवश्यक रहेको दाबी गरे । वस्तु विनिमय बजारलाई बजारमा ल्याउने, बजारलाई पेपरलेस बनाउने, अनुचित लाभ लिनबाट जोगाउने, अनुचित लाभ लिनबाट जोगाउन, सेयर बजारलाई स्वस्थ्य बनाउन सुझाव दिए । बजार विकास गर्न राष्ट्र बैंककाे भूमिका हुने भन्दै त्यसका लागि राष्ट्र बैक सँग पनि कुरा भइरहेको बताए ।

बजारलाई स्वस्थ बनाउन अनुगमन पारदर्शी बनाउन आग्रह गरे । मन्त्री महतले यत्रो नियामक निकाय आफ्नै भवन हुनुपर्ने भन्दै यसमा आफूले सहयोग गर्ने दाबी गरे ।
मन्त्री महतले भ्याटमा छुट दिँदा दिँदा दायरा नै खुम्चँदै गएको प्रति चिन्ता व्यक्त गरे ।
नेपालमा ईमान्दार भएर काम गर्न निकै गार्‍हो रहेको, धेरै दबाब आएको भन्दै आफू देशको अर्थतन्त्र सुधारका लागि सदै लागिपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org