ताजा समाचार

बाबुरामको प्रतिवेदन-‘हामी सत्तामुखी होइन, रूपान्तरणकारी राजनीतिक पक्षधर हौँ’(पुर्णपाठ)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टी अन्योल र अकर्मण्यताबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गरेको अबको राष्ट्रको संकल्प, नयाँ समाजवादी विकल्प को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गम्भीर आत्मसमिक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन्।

देश भरपर्दो समाजवादी विकल्प निर्माण गर्ने प्रतिबद्धतासहित जनताको बिचमा जाँदैछौं। हामी सत्तामुखी होइन, रूपान्तरणकारी राजनीतिक पक्षधर हौँ। त्यसैले हामी जनताका स्वयंसेवी सेवक हौँ। नयाँ समाजवाद निर्माणको यात्रा निकै लामो र कष्टसाध्य हुन्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ प्रतिवेदनमा भनिएको छ।

देशलाई नयाँ समाजवादी विकल्प निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ। तत्काल कुनै पार्टीसँग एकता गर्न सम्भव नभए पनि समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्नुपर्नेमा प्रतिवेदन सहमत छ।

प्रतिवेदनमा भनिएको छ, ‘ग्रिक मिथकको पक्षी फिनिक्सले आफूले आफैँलाई आगो लगाएर नयाँ जन्म लिएझैँ हामीले पनि गम्भीर आत्मालोचनाबाट आफूलाई रूपान्तरण गर्ने प्रयत्न गरेका छौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org