बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रिको उपस्थिति नभएको भन्दै नियमापत्ति गर्नुभएको थियो ।
जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका अधिकृत बैठकमा अनिवार्यरुपमा नोट गर्न पनि निर्देशन दिनुभयो ।
‘आर्थिक वर्ष २०८० र ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यवहारिक हुँदैन । मन्त्रीको उपस्थिति नभए बैठक नचल्ने विगतको परम्परा पनि हो ।त्यसैले म सरकार र अर्थमन्त्रालय र अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।
बैठकमा बोलेको विषय नोट नगरी कसरी जवाफ दिनसकिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले अनिवार्य रुपमा बसेर सबै रिपोर्ट टिपोर्ट गर्ने व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो ।
सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रियसभाको नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गर्नुभयो । उहाँले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यो विषयलाई उठाएको स्मरण गराउनुभयो ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...