ताजा समाचार

एसियन कपको दोस्रो चरणबाट बाहिरियो नेपाल, चीनसँग ५-० ले पराजित

काठमाडाैँ । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा लगातार हारसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको छ ।

बिहीबार म्यानमारको यानगोनस्थित थुवुन्ना मैदानमा नेपाल बलियो चीनसँग ५–० ले पराजित भयो । पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ५–० ले नै पराजित भएको थियो ।
दुई खेलमा नेपालले कुनै गोल फर्काउन नसक्दा १० गोल बेहोरेको छ ।

अब, नेपालले अन्तिम खेलमा आइतबार चाइनिज ताइपेइको सामना गर्नेछ । यता, लगातार दोस्रो जित निकालेको चीनले एसियन कपको सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा ताइपेइलाई १–० ले हराएको थियो । यसअघि पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org