वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु
काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई हेटाैँडा उपमहानगरपालिकाले प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ ।
यसअघि श्रम स्वीकृतिका लागि वैदैशिक रोजगार विभाग पुग्नुपर्ने बाध्यता रहेको थियो । उपमहानगरपालिकाबाट श्रम स्वीकृति दिन थालेपछि सहज भएको बताइएको छ । श्रम स्वीकृतिका लागि वैशाख १ गतेदेखि अनलाइन प्रणालीको सुरुआत भएसँगै उक्त सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले सो उपहानगरपालिकाले सुरु गरेको छ ।
श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौता पत्र, राहदानीको प्रतिलिपिसहित उपमहानगरपालिकाको रोजगार सेवामार्फत अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक विजन श्रेष्ठले जानकारी दिनुभयो ।
वैदैशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । आज बसेको...
-
सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका...
-
प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । आज सुन र चाँदीकाे मूल्य घटेको छ । नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा...
-
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
काठमाडौं । आज ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई...
-
प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्यो बहिष्कार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको...
-
एमाले कोशी प्रदेश अधिवेशनः संखुवासभाबाट उपसचिव र ४ जनाको सदस्यमा उम्मेद्वारी
काठमाडाैँ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा संखुवासभाबाट उपसचिव र ४ जनाले सदस्यमा उम्मेद्वारी दिएका छन । विराटनगरमा जारी प्रदेश...
-
संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका...
-
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
काठमाडौं । १९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ। चीनको झिजियाङ क्रिकेट...
-
मन्त्री जोशीद्वारा आर्थिक सहयोग
काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफ्ना आमाबुवाको स्मृतिमा ज्येष्ठ नागरिक सङ्घ चितवनलाई रु एक लाख एक हजार एक...