ताजा समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची सार्वजनिक गरिएको छ।

त्यसपछि अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आ‍।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ । विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अन्तिममा अर्थमन्त्री डा। महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ।

आजै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्नेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org