ताजा समाचार

बजेटमाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् ।

संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो । बजेटमाथिको छलफल आइतबार सकिएको थियो । बजेटको सत्तारुढ दलका सांसदहरूले नै प्रश्न उठाएका छन् ।

अर्थमन्त्री डा. महतले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । बहुमतले पारित भएपछि साउन १ गतेबाट बजेट लागु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org