ताजा समाचार

उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ : महामन्त्री सिंह

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले जनताको साथ समर्थन र सहयोगमा प्राप्त अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि बाह्य हस्तक्षेप रुपमा बढ्दै गएको भन्दै आम नेपाली जनता जागरुक हुनुपर्ने बेला आएको टिप्पणी गर्नुभयो ।
उहाँले प्रमुख दलहरुको कार्यशैलीका कारण जनताले फरक दललाई दिएको मतका आधारमा सिङ्गो व्यवस्था नै खराब हो भन्ने खालको प्रचारबाजी भएको टिप्पणी गर्नुभयो । उहाँले एक सय वर्षभन्दा लामो सङ्घर्षपछि आएको व्यवस्था नै उल्ट्याउने खालको षडयन्त्र सुरु भएकोमा आशङ्का व्यक्त  गर्नुभयो ।
उहाँले आफूहरुले वर्तमान सरकारलाई समर्थन गरेपनि मुलुकको अहित हुने काममा समर्थन नगर्ने स्पष्ट पार्नुभयो । देश बचाउन र जनताको सर्वोपरी हितका पक्षमा सबै दलहरु एक ठाउँमा नउभिने हो भने अदृश्य चलखेलमा संसद्मा प्रवेश गरेका दलबाट थप खतरा हुनसक्ने उहाँको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org