ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीश कार्की पुगे सुनुवाइका लागि समिति बैठकमा

कठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका छन् ।

कार्कीलाई सुनुवाइका लागि समितिले आज बैठकमा बोलाएको थियो । उनी पुगेसँगै सुनुवाइ सुरु भएको छ ।

बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् ।

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org