ताजा समाचार

काेशीमा ब्यूँतियाे सांसद विकास कोष, निर्वाचित सांसदले दुई करोड खर्च गर्न पाउने

विराटनगर । कोशी प्रदेश सरकारले पनि सांसद क्षेत्र विकास कोष कार्यक्रम लागू गरेको छ । सांसद क्षेत्र विकास कोष कार्यक्रमका लागि कोशी प्रदेश सरकारले लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको हो ।

बिहीबार आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट पेस गर्दै प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास कोष कार्यक्रम ल्याएका हुन् ।

यो कार्यक्रमअन्तर्गत छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्न विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्ने गरेका छन् । जसमा प्रत्यक्ष निर्वाचित सांसदले दुई करोड र समानुपातिक सांसदले एक करोड खर्च गर्न पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org