ताजा समाचार

इप्पानमा गणेश कार्कीको सिंगो प्यानल निर्वाचित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमिति अध्यक्षमा गणेश कार्कीको प्यानल निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन समितिले गरेको अन्तिम नामवाली प्रकाशनमा किरण मल्लको उम्मेदवारी खारेज भएको हो ।

उम्मेदवारीउपर परेको दाबी विरोधमा छानबिन तथा निर्णय गरी अध्यक्ष पद गणेश कार्की वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित भएको छ ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १/१ जना नै हुने व्यवस्था रहेको छ भने उपाध्यक्षको लागि ५ जना हुने व्यवस्थामा ५ जनाकै नाम प्रकाशित भएको छ । जसमा भरतवहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम प्रकाशन भएको छ ।

त्यस्तै, महासचिवमा १ जना रहने व्यवस्थामा बलराम खतिवडाको नाम निर्वाचन समितिले प्रकाशित गरेको छ ।

सचिव ५ जना रहेने व्यवस्था रहेकोमा ५ जनाको मात्रै अन्तिम नामवली सार्वजनिक भएको छ भने कोषाध्यक्षमा १ जना रहेने व्यवस्थामा नरेन्द्र बल्लभ पन्तको मात्रै अन्तिम नामवली प्रकाशन गरेको छ ।

५ जना सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक निर्वाचित भए । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् ।

१० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था छ । महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए । सदस्यमा पनि कार्की प्यानलका उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणि नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मत सहित विजयी भए ।

३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् ।                                           

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org