ताजा समाचार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन

काठमाडौं । संघिय संसदको संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतिले अनुमोदन भएको संसदीय सुनुवाइ विशेष समितिका सदस्य महेश कुमार बर्ताैलाले न्युज नेपाललाई जानकारी दिए ।

संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए । संसदीय सुनुवाईको क्रममा कार्कीले २० पृष्ठ लामो आफ्नो अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।

संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । गएको असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

प्रधानन्यायाधीशमा अनुमोदन भएका कार्कीले साउन २० गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org