जनआस्थासँगकाे मुद्दामा विनाेद चाैधरीले पहिलो पेशीमै हात उठाए
काठमाडाैँ । देशको सारा नियम- कानुनलाई लत्याएर पाइला पाइलामा पैसाको खेलो फड्को गर्दै आएका विनोद चौधरीले आफैंले दायर गरेको मुद्दामा हार स्वीकार गरेका छन् ।
उनले आज ललितपुर जिल्ला अदालतको पहिलो पेशीमै मुद्दा हारको स्वीकारोक्ति गरेका हुन् ।
परिआए थुक र जीब्रोले पनि पैसो थुत्न माहिर भनी चिनिएका चौधरीले कानुन,नीति,नियमलाई सँधै धोती लगाउँदै आएका छन् । माननीयको लोगो भिरेर गर्दै आएका हर्कतले चौधरी कहिल्यै नसुध्रिने अचम्मको व्यक्ति भएको प्रमाणित हुन आएको छ ।
हतार र हतास मनस्थितिमा जनआस्था प्रकाशनविरुद्ध मुद्दा दायर गर्ने उनको पहिलेदेखिको बानी र लहडको निरन्तरता हो । कुपण्डोल नजिकै बखुण्डोल हाइटस्थित यसअघि समिट होटल भएको स्थानमा आलिशान अपार्टमेण्ट बनाउन लागिएको छ । सोको जग खन्ने क्रममा स्थानीय छिमेकीको घर भत्केको,कैयौंले दुःख पाएको समाचार सप्रमाण जनआस्थाले प्रकाशित गरेको थियो ।
“अस्ति शुक्रबारको भुुटानी शरणार्थी प्रकरणमा ठूला ठालुलाई समेत जेल पठाउने आदेशबाट सबै न्यायाधीश बिकाउ छैनन् भन्ने सन्देश प्रमाणित भएको छ । सबै न्यायाधीश इमान बेच्ने खालका छैनन् र स्वाभिमानी न्यायाधीशको नेपालमा कुनै कमि छैन भन्ने कुरा धनेश्वर श्रीमानको इजलासबाट आज चौधरीले पेशी हटाउन लगाएकाले पनि पुनर्पुष्टि भएको छ ।”
सोही समाचारका कारण आफ्नो गाली बेइज्जती भयो भन्ने उनको कुतर्क थियो । रविभक्त श्रेष्ठ र चौधरीको सीजी ग्रुपलगायतको साझेदारीमा समिट लक्जरियस अपार्टमेन्ट बनाउन लागिएको हो ।
केही महिनाअघि सोही अपार्टमेण्टको फाउण्डेसन वरिपरि गहिरो भागमा पर्खाल लगाउने क्रममा केही घर भत्किए । केही बस्नै नमिल्नेगरी चर्किए । उक्त अपार्टमेन्टको कारण झण्डै एक दर्जन घरधनीको बेहाल भएको छ । नियम र प्रक्रिया मिचेर उक्त भवन बनाउन लागिएको स्वयम् ललितपुर महानगरपालिकाले नै जनाइसकेको छ । चौधरीलगायतले नक्सा पास नगरेको र मापदण्ड मिचेर बनाउन लागेको सोही भवनसम्बन्धी समाचारका कारण गाली बेइज्जतीको मुद्दा बोकेर उनी अदालत गएका हुन् ।
तर ललितपुर जिल्ला अदालतमा आफैंले हालेको मुद्दाको पहिलो पेशी चौधरीले एकाएक स्थगित गरेका छन् । यसरी स्थगित गर्ने कुरा कानुन र कानुनी भाषामा आठौं आश्चर्य हो । ‘अचम्मै हो यो,यस्तो प्राय:हुँदैन,’ अदालतका एक जना अधिकृतले भने, ‘पहिलो पेशी प्रमाण मुकर्रर पेशी हो । यसमा साक्षी प्रमाण झिकाउने आदेश हुन्छ । यसरी आदेशै दिने पेशी स्थगित गर्नु नै रहस्यमय छ ।’
यसअघि उनै चौधरीले यसरी नै उच्च अदालत पाटनमा जनआस्थाविरुद्ध मुद्दा दायर गरेका थिए । ती दुई वटै मुद्दामा उनको पराजय भएको छ । जिल्लामा अझै उनले हालेका केही मुद्दा बाँकी छन् । तर,ललितपुर जिल्ला अदालतका अधिकांश श्रीमानहरुलाई पनि थाहा छ, अपार्टमेन्टको जग खन्ने क्रममा कति छिमेकीको घर भत्कियो भन्नेबारे । नक्सा पास नगरेको विषयलाई लिएर महानगरपालिकाले हस्तक्षेप गरेको विषय पनि श्रीमानहरुलाई यसअघि नै जगजाहेर भैसकेको बिषय हो ।
उनले दायर गरेको मुध्दामा जनआस्थाको मार्केटिङ डिरेक्टर लोचन खतिवडाविरुद्ध भनिएको छ । जबकि सो नाम र पदको मान्छे जनआस्थासँग न भूतो न भविश्य कहिल्यै आवद्ध छैनन् । ‘यस प्रकाशन गृहसँग हालसम्म लोचन भन्ने व्यक्ति र खतिवडा थरका कुनै कर्मचारी छैनन्,’ लेखा तथा प्रशासन प्रमुख सुरज श्रेष्ठ भन्छन्, ‘जनआस्थाको झण्डै तीन दशकको इतिहासमा लोचनको लो भन्ने मान्छे पनि जोडिएका छैनन् ।’पैसा आउने मुध्दा हुन्थ्यो भने चौधरीले किमार्थ यस्तो महाभूल गर्ने थिएनन् ।
आज धनेश्वर पौडेल श्रीमानको इजलासमा परेको र गाली बेइज्जतीसम्बन्धी आफैँले दायर गरेको मुद्दा इजलास बस्नुअगावै चौधरीले हटाएका हुन् । उनको फ्याट्ट मुध्दा दर्ता गर्ने र ‘मौका ढुकेर बस्ने, कतिबेला अनुकूल छ झ्याप्पै छोप्ने’ मारवाडी काइदाको पर्दाफास भएको छ ।
तर अस्ति शुक्रबारको भुुटानी शरणार्थी प्रकरणमा ठूला ठालुलाई समेत जेल पठाउने आदेशबाट सबै न्यायाधीश बिकाउ छैनन् भन्ने सन्देश प्रमाणित भएको छ । सबै न्यायाधीश इमान बेच्ने खालका छैनन् र स्वाभिमानी न्यायाधीशको नेपालमा कुनै कमि छैन भन्ने कुरा धनेश्वर श्रीमानको इजलासबाट आज चौधरीले पेशी हटाउन लगाएकाले पनि पुनर्पुष्टि भएको छ । ‘ललितपुर जिल्ला अदालतमा उनी अनुकूलका न्यायाधीश छैनन् भन्ने पुनः एक पटक प्रमाणित भएको छ,’ जनआस्थाका कानुनी सहयोगीहरु भन्छन्, ‘यसबाट चौधरीले शुरुमै हार स्वीकारेको देखिन्छ ।’
समाचारबाट ‘अपुरणीय क्षति पुगेको पक्ष’ ले छिटो न्याय खोज्ने कि मुद्दा हाल्दै पेशी सार्दै ढिलो गर्दै जाने ?
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












