ताजा समाचार

आईसीसी विश्वकप छनोट: अमेरिकाको सामना गर्दै नेपाल

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ।

नेपाल र अमेरिकाबीचको खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार मध्याह्न १२:४५ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा घरेलु टोली जिम्वाबेसँग ८ विकेटले पराजित भएको नेपालका लगि अब हुने खेलहरु निकै महत्त्वपूर्ण छन्।

प्रतियोगितामा पहिलो जित दर्ता गरी सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ। त्यसो त वेस्ट इन्डिजसँग भएको पहिलो खेलमा पराजित भएको अमेरिकालाई पनि दोस्रो खेल जित्नै पर्ने दबाब छ।

नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो।

छनोट प्रतियोगिताअन्तर्त नेपालले तेस्रो खेल असार ७ गते वेष्ट इन्डिजविरुद्ध खेल्नेछ। यस्तै समूह चरणको अन्तिम खेलअन्तर्गत असार ९ गते नेदरल्याण्डस्‌विरुद्ध खेल्नेछ।

विश्वकप छनोटमा सहभागी १० टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित आयोजक जिम्बावे नेदरल्यान्ड्स, अमेरिका र वेस्टइन्डिज छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन्। हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने ३ टोलीसँग खेल्नुपर्ने हुन्छ। विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर तथा नोभेम्बरमा भारतमा आयोजना हुँदैछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org