ताजा समाचार

विश्वकप छनोटः अमेरिकाविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ  । आईसीसी एकदिवसिय विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस जितेर नेपालले अमेरिकाविरुद्ध पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
समूह ‘ए’ मा रहेका नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा पराजय भोगिसकेका छन् । त्यसैले सुपर सिक्सको सम्भावना कायम गर्न आजको खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् ।

यसअघि पहिलो खेलमा नेपालले जिम्बाब्वेविरुद्ध ८ विकेटको पराजय भोगेको थियो भने वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org