ताजा समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडान भर्दै ‘सिचुवान एयरलाइन्स’

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण गर्दैछ ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी छ ।

चार्टर्ड यो जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समेत १३० जना यात्रु रहने छन् । जहाज ११ बजे काठमाडौं फिर्ता हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको थियो । आन्तरिक उडान यहाँबाट भए पनि अन्तर्राष्ट्रिय उडान भने पहिलोपटक हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org