ताजा समाचार

बागलुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको केसीले बताए ।

जीपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org