ताजा समाचार

रास्वपाको सदन अवरोधमा एमालेको पनि समर्थन

काठमाडाैँ । जिल्ला निर्वाचन कार्यालय खारेजी गर्ने निर्णय सच्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको सदन अवरोधमा प्रमुख प्रतिक्षी दल एमालेले पनि समर्थन गरेको छ ।

‘अर्थमन्त्रीको ध्यानकर्षण गरायौँ सुनुवाइ भएन । यो गलत छ । यो लोकतन्त्रको निष्पक्षताको मर्मविपरीत छ,’ एमाले सांसद सूर्य थापाले भने । अहिले प्रतिपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।

सभामुमख देवराज घिमिरेले आजै अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेकाले सदन चलाउन प्रयास गरे पनि रास्वपाका सभापति रवि लामिछानेले सुरुमै अर्थमन्त्रीले निर्णय फिर्ता गर्नुपर्ने बताए ।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org