ताजा समाचार

धम्क्याएर दाइजो माग्ने बेहुला मण्डपबाटै पक्राउ परे

काठमाडौँ । प्रहरीले काठमाडौँको नक्सालमा बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा प्रहरीले बेहुला सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई मण्डपबाटै पक्राउ गरेको हो ।

विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिनुका साथै, बेहुलीलाई हातपात र गाली समेत गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ। आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org