ताजा समाचार

‘एमाले संविधानको पालन गर्न प्रतिबद्ध छ, कसैले हामीप्रति शंका गर्न जरूरी छैनः मुख्यमन्त्री कार्की

काठमाडाैँ । बिहीबार स्थगित कोशी प्रदेश सभा बैठक सुरू भएको छ।

आजको बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे मुख्यमन्त्री हिक्मत कार्कीले जवाफ दिँदैछन्।

हिजोको बैठकमा छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै बाहिरिएको बताए।

‘नेकपा एमाले संविधानको पालन गर्न प्रतिबद्ध छ। कसैले हामीप्रति शंका गर्न जरूरी छैन’, उनले भने, ‘छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै म हिजो गएको हुँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org