ताजा समाचार

बागमती प्रदेशसभा बैठक आज बस्ने, विवाद टुङ्ग्याउने सम्भावना

काठमाडौं । बागमती प्रदेशसभाको हिजो (आइतवार) साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भाई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतवार साँझ बस्ने भनिएको बैठक आज सोमवारका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरुसँग वार्तालाभ गरी सहमति गरी बिबाद टुङ्ग्याउने सम्भावना रहेको र दिउँसो बैठक नियमित रुपमा सञ्चालन हुने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org