ताजा समाचार

प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको भन्दा तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ७ सय, तेजाबी सुनको मूल्य एक लाख १० हजार १५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख १० हजार ६ सय रुपैयाँ, तेजाबी सुन एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org