ताजा समाचार

एसीसी इमर्जिङ टिम्स एसिया कप: नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले इमर्जिङ टिम्स एसिया कप क्रिकेटको खेलतालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी जुलाइ १३ (असार २८) गतेदेखि श्रीलंकामा हुँदै छ।

नेपालले पहिलो खेल पाकिस्तान ‘ए’सँग जुलाई १४ अर्थात् असार २९ गते खेल्ने छ।  प्रतियोगिता १३ जुलाइदेखि २३ जुलाइसम्म हुनेछ। नेपाल समूह ‘बी’ मा छ। नेपाल रहेको समूहमा यूएई, पाकिस्तान ए  र भारत ए छन्।

त्यस्तै, समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। टेस्ट राष्ट्रका ५ टोलीले भने २३ वर्षमुनिको टीम पठाएका छन्। एसोसियट राष्ट्रबाट भने राष्ट्रिय टिम नै खेल्नेछ।

पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ए सँग खेल्नेछ। नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ। शीर्ष २ मा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ।फाइनल २२ जुलाईमा हुनेछ।

एसीसीले एसोसियट टोलीलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स आयोजना गर्न लागेको हो। नेपालले इमर्जिङ टिम्सको लागि अन्तिम टोली घोषणा भने गरिसकेको छैन। नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो।

पाकिस्तानले मोहम्मद हरिसको कप्तानीमा इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ। पाकिस्तानको टोलीमा सिनियर टोलीबाट खेलेका ८ युवा स्टार खेलाडी छन्। यस्तै, भारतले यश धुलको नेतृत्वमा टिम घोषणा गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org