ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दै, तीनवटा विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक शुक्रबार दिउँसो ३ बजे बोलाइएको छ। आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिने संभावित कार्यसूची छ।

जसअनुसार राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक,२०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

यस्तै केही नेपाल ऐन संशोधन गर्न बेको विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञानबहादुर शाही र प्रेम सुवालबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने संभावित कार्यसूची छ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन्।

उक्त विधेयमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org