ताजा समाचार

एमालेले आज पनि दुवै सदन अवरुद्ध गर्ने

काठमाडौँ  । नेकपा एमालेले आइतबार पनि संघीय संसदका दुवै सदन अवरुद्ध गर्ने भएको छ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको छ।

यसैक्रममा एमालेले आज पनि दुवै सदन अवरुद्ध पार्ने भएकाे हाे। एमालेका एक नेताका अनुसार आजको बैठक पनि अवरुद्ध गर्ने तयारी छ।

दाहालले गत साेमबार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन बारम्बार दिल्ली गएकाे अभिव्यक्ति दिएसँगै उनकाे चाैतर्फी आलाेचना भएकाे थियाे। साेही अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध र राजीनामा माग गर्दै आएकाे छ।

शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित गरेका थिए।

यसबीचमा दलहरूबीच सहमति हुन सकेकाे छैन। सभामुख घिमिरेले सहमति जुटाउन आग्रह गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org