ताजा समाचार

इप्पान पदाधिकारी र एमाले अध्यक्षबीच भेट, ऊर्जा विकासबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को निवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

शुक्रबार ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले विकास विरोधी वनका मुद्दामा मिलेर जाने प्रतिवद्धता जनाएका थिए ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले पेस गरेको केही नेपाल ऐन संसोधनमा संसोधित व्यवस्था जस्ताको तस्तै पारित भएमा ऊर्जा विकासका लागि बाधक हुने बताए ।

उनले नेपाल ऐन संसोधनका सरकारी उपयोगमा स्थाई र अस्थायी दुवै जग्गाको सट्टा पैसा दिनुपर्ने र सो पैसा अनुसूचीमा विगतको १० लाख हेक्टर भएकोमा २८ लाख र विगतमा १८ लाख भएकोमा ८० लाख गरिएको बताए ।

यी र यस्तै उर्जा विकास विरोधी बुँदाहरू समावेश गरिएको भन्दै ती बुँदा संशोधन नभइ जस्ताको त्यस्तै ऐन पास भएमा जलविद्युत आयोजना र प्रसारणलाईन निर्माण गर्नै नसकिने अवस्था आउने बताएका थिए ।

जलविद्युत आयोजनाले प्रयोग गर्ने सरकारी जग्गाको मूल्य अचाक्ली महंगो राखिएको छ । ३० वर्षपछि सरकारकै हुने जग्गाको मूल्य महँगो बनाउँदा आयोजनाको लागत बढ्ने निर्यात गर्नको लागि प्रतिस्पर्धी हुन नसक्ने अध्यक्ष कार्कीको भनाइ थियो ।

इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाले बीमा कम्पनीहरूले पनि यहि बेला जलविद्युत आयोजनालाई तर्साइरहेका बताएका थिए ।

‘केही समय अघि मात्र ५०० प्रतिशत प्रिमियम बढाएका बीमा कम्पनीहरूले अहिले फेरि त्यसको दोब्बर प्रिमियम तोक्न खोजीरहेका छन् । यसो गरेमा आयोजनाहरुले थोरै थोरै कमाएको पैसाले प्रिमियम नै तिर्न नपुग्ने अवस्था आउँछ’, लामाले भने ।

अध्यक्ष ओलीले जलविद्युत क्षेत्रका तमाम समस्याको बारेमा आफू जानकार रहेको भन्दै अव्यवहारिक नीति नियमको विरुद्ध आफूले आवाज उठाउने बताएका थिए ।

ओलीसँगको भेटमा इप्पानले विद्युत ऐन तत्काल पारित गर्नको लागि भूमिका खेलीदिन, ऊर्जा विकास मैत्री निर्माण गर्न, १० वर्ष भित्र ऊर्जामा बैंकको लगानी २५ प्रतिशत पुर्याउनका लागि आवाज उठाइदिन, ३ वर्ष देखि रोकिएका सबै आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) खुलाउनका लागि दबाब सिर्जना गरिदिन, निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने विषयमा आवाज उठाइदिन, वन क्षेत्रको उपयोग र रुख कटानमा सहजिकरण गरिदिन, विद्युत खपतको लागि आवश्यक पूर्वाधा निर्माणका लागि आवाज उठाइदिन र बिस्फोटक पदार्थको अभाव हटाउन आफ्नो ठाउँबाट सहजिकरण गरिदिन माग गरेको थियो ।

उक्त भेटघाटमा इप्पानका अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्य मोहनकुमार डाँगी, उपाध्यक्ष भरत नेपाल, उत्तम भ्लोन लामा, राम प्रसाद आचार्य, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल, हिम प्रसाद पाठक र सदस्यहरू कुवेरमाणी नेपाल, भरत पराजुली, विजयमोहन भट्टराई, इशा श्रेष्ठ, सुमन जोशी, मिथुन पौडेल, टिएन आचार्य र शंकर बश्याल लगायतका कार्यमसितिका पदाधिकारीहरु सहभागी थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org