ताजा समाचार

माउन्टेन फ्लाइटमा गएको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । विदेशी नागरिक बोकेर माउन्टेन फ्लाइटमा गएको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

हिजो माउन्टेन फ्लाइटमा गएको हेलिकोप्टर आज सम्पर्कविहीन भएको हो । लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको मनाङ एयरको हेलिकोप्टरमा विदेशी नागरिक रहेको स्रोतले जानकारी दिएको छ ।

तर कहाँका कति नागरिक भन्ने खुलेको छैन । बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ ।

त्यसपछि उडेको हेलिकोप्टर लाम्जुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको बताइएको छ ।

पीके पिक क्षेत्रमा सम्पर्कविहीन भएको बताइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले सम्पर्कविहीन भएको जानकारीमा आए पनि त्यसबाहेक कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।
अल्टिच्युड एयरको हेलिकोप्टर अहिले खोजीका लागि उडेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org