शंकास्पद भिसाले फसादः कुवेत हिँडेका ११७ जना विमानस्थलबाट फर्किए
काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्काइदिएको छ । कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
“भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्को कम्पनीको नाम भएको पाइएपछि फकाईएका हो । उहाँहरूको डकुमेन्ट प्रमाणित भएपछि थप प्रक्रिया अघि बढ्नेछ,” उनले भने । भिसा स्टाटसमा पनि ‘ओइटिङ फर एप्रुवल’ (स्वीकृत हुन बाँकी) भनेको कारण उनीहरूलाई रोकिएको महानिर्देशक अधिकारीले बताए ।
यस्ता खालका समस्या आएकाले विभागले विभिन्न समयमा यात्रुहरूलाई रोक्दै आइरहेको छ । भिसा स्वीकृत नहुँदै विदेश जाँदा उक्त देशले श्रमिकहरूलाई फर्काउने गरेपछि उनीहरूलाई रोकेको विभागका महानिर्देशक अधिकारीले जानकारी दिए ।
Comments
अरु समाचार
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...