ताजा समाचार

प्रतितोला १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार बजारमा छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारका दिन बिहीबार मात्रै प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी एकैदिन तोलामा ४० रुपैयाँले वृद्धि भइ १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org