ताजा समाचार

इक्यानको अध्यक्षमा शेषराज भट्टराई विजयी

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनबाट शेषराज भट्टराई अध्यक्षमा विजयी हुनुभएको छ ।

अध्यक्षका लागि चार जना उम्मेदवार रहेकामा भट्टराईले दुई सय ३८ र निकटतम् प्रतिद्वन्द्धी विष्णुहरि पाण्डेले एक सय ४६ मत प्राप्त गर्नुभएको छ । विद्युतीय मतदान प्रणालीबाट भएको निर्वाचनमा कुल चार सय १९ मतदाताले भाग लिएका थिए ।

कार्यसमितिको उपाध्यक्षहरूमा लन्ड्रयु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री, गीता शिवाकोटी (गीताञ्जली) र महासचिवमा दीपक भुसाल निर्वाचित हुनुभएको छ । सचिवमा भावनाथ हुमागाईँ र रत्नबहादुर भट्टराई तथा कोषाध्यक्षमा आशीष कार्की विजयी हुनुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org