देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भए पछि विदेशिनेको संख्या बढ्योः महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भए पछि विदेशिनेको संख्या बढेको आरोप लगाएका छन् ।
नेकपा एमालेको सरकार हुँदा विदेशिनेको संख्यामा कमी आएको दाबी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोड्न आग्रहसमेत गरेका छन् ।
‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।
उनले विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरूले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन् ।
‘विदेशमा गएकाहरूलाई देश फर्काउँछौ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए तर उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झनै बढ्यो,’ उनले भनेका छन्, ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेन्डाका आधारमा ठिक र बेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












