ताजा समाचार

सिनामंगलमा शंकास्पद वस्तु भेटियो

काठमाडाैँ । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर आउने सडक छेऊमा शंकास्पद वस्तु फेला परेको हो।

‘सिनामंगल–पुरानो बानेश्वर सडक खण्डमा पर्ने खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको सूचना आएको छ।

अहिले त्यहाँ महानगरीय प्रहरी वृत्तका टोली त्यहाँ पुगेको छ,’ उनले भने।

शंकास्पद वस्तु निष्क्रिय तुल्याउन नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org