ताजा समाचार

सय किलाे सुन प्रकरण : भन्सार जाँच पासमा संलग्न भन्सार अधिकृत चन्द निलम्बन

काठमाडाैँ । सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो। उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ।

निलम्बित नायब सुब्बाकाे भने नाम खुल्न बाँकी छ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलाे सुन विभागको टोलीले बरामद गरेको हो। सुनको परिमाण एकिन गर्ने भने बाँकी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org