ताजा समाचार

फिफा महिला विश्वकप: नाईजेरियासँग क्यानडाको बराबरी

काठमाडौँ । फिफा महिला विश्वकप फुटबलअन्तर्गत क्रिस्टिन सिंक्लेयरले पेनाल्टीमा गोल गर्न नसक्दा क्यानाडाले १० खेलाडीमा सिमित नाइजेरियासँग अंक बाँडेको छ ।

अस्ट्रेलियाको मेलबर्न रेक्ट्याङगुलर स्टेडियममा समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा क्यानाडा र नाइजेरियाले गोल रहित बराबरी खेलेका हुन् ।

५० औँ मिनेटमा क्यानाडाकी सिंक्लेयरले गरेको पेनाल्टी प्रहारलाई नाइजेरियाकी गोलरक्षक चियामाका नाडोजिइले उत्कृष्ट बचाउँ गरेकी थिइन् ।

यससँगै सिंक्लेयर ६ वटा विश्वकपमा गोल गर्ने कीर्तिमान बनाउन सकिनन् ।

नाइजेरिया दोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा सिमित भएको थियो । नाइजेरियाकी अवियोडनले रातो कार्ड खाएकी थिइन् ।

यस समूहमा अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org