ताजा समाचार

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।

बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो । शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ ।

चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो । नयाँ आर्थिक वर्ष सुरु भएयता लगातार बढिरहेको सुन चाँदीको मूल्यमा शुक्रबार ब्रेक लागेको हो । सरकारले यस आवबाट सुनका गहनामा विलासिता कर थप गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org