ताजा समाचार

ललिता निवास जग्गा प्रकरण: अरुणकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ  । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठ पक्राउ गरेको हो।

ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई आज पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार श्रेष्ठ  नापी विभागका कर्मचारीसमेत रहेको खुल्न आएको छ। यद्यपि, उक्त स्रोतले उनी हाल कुन विभागमा छन् भन्नेबारे  आधिकारिक तथ्य खुलाउन चाहेन।

ललिता निवास प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ। सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org