ताजा समाचार

धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । कैलालीको धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-४ का ३७ वर्षीय विरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन्।

लागूऔषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org