ताजा समाचार

एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परे

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

यससँगै यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खरिदार एवम् जाँचकी कुमार ढकाल तथा भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् । तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org